लायन्स क्लव अफ इटहरी मनोकामनाले तिजलाई लक्षित गरी   विराटनगरमा रहेको  कारागारका महिला कैदी बन्दी तथा उनीहरुका बालवालिकालाई खाद्यान्न तथा श्रृंगारका सामाग्रीहरु वितरण गरेको छ ।

कारागारमा कैदी बन्दी जिवन विताइ रहेका एक सय बढी महिला तथा उनीहरुको बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथी मोरगंका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी , लायन्स क्लव अफ नेपाल डिष्ट्रिक थ्रिटु फाइभ ए वनका डिष्ट्रिक गर्भनर राजन खत्री ,इन्सेक प्रदेस नम्बर १ प्रमुख सोमराज थापा, लायन्स क्लव अफ मनोकामनाकी अध्यक्ष सुमी थापा लगायतको सहभागीतामा खाद्यान्न तथा श्रृंगार सामाग्री वितरण गरिएको क्लबकी सचिव विजया प्याकुरेलले जानकारी दिइन । चाड पर्व सबैका लागि समान हुने तर्फ मध्यनजर गर्दै कैदी बन्दी महिलाहरु तथा उनीहरुका बालबालिकाहरुलाई खाद्यान्न तथा श्रृंगारका सामाग्री वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया