इलाम । कालगतीले श्रीमान श्रीमतीको एकै पटक ज्यान जानु अनौठो घटनाका रुपमा मानिन्छ । तर ईलाममा यस्तै एउटा अनौठो घटना भएको छ । करिब ६ घण्टाको अन्तरमामान र श्रीमतीको मृत्यु भएपछि एकै चित्तामा राखेर दागबत्ति दिईएको छ ।

ईलामको माइ नगरपालिकामा निवासी ९३ वर्षिय डिल्ली बहादुर थापा र ८७ वर्षिया तोरन कुमारी थापाको एकै दिन मृत्यु भएको छ । उनीहरुको ६ घण्टाको फरकमा निधन भएको उनका आफन्त दिलीप थापा बताउँछन । दुवै जनालाई एउटै चितामा राखेर दागबत्ती दिइएको छ । यसतो अनौठो संयोग कमै मात्र हुने गरेको छ । केही महिनाअघि सुनसरीको इटहरीमा पनि यस्तै घटना भएको थियो ।

तपाईको प्रतिक्रिया