सुनसरी / सुनसरीको दुहबीमा शनिबार  दुहबी नगर समितिको आयोजनामा तिजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

रेनुका चौधरीको संयोजकत्बमा भएको कार्यक्रममा दुहबी नगर प्रमुख बेदनारायण गच्छदार, दुहबी नगरपालिकाका वडाध्यक्ष, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक,महिला अधिकारकर्मीहरु लगायतले तिजको  शुभकामना आदानप्रदान गरेका थिए । लैङ्गिक हिंसा नियन्त्रण संजाल दुहबी नगर समितिको आयोजनामा तीजको शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

दुहबी नगर प्रमुख गच्छदारले    उक्त कार्यक्रममा बोल्दै नगरपालिकाले  आआफ्ना नीति तथा कार्यक्रम मार्फत महिला सशक्तीकरणका लागी गरेका प्रयासलाई उजागर गर्दै लैङ्गिक हिंसालाई अन्त्य गरि हरेक क्षेत्रमा नारी र पुरुषको समान हैसियत कायम गर्नुपर्ने बताएका छन् ।

इप्रका दुहबीका प्रमुख प्र.नि.प्रवीण कार्कीले लैङ्गिक हिंसा नियन्त्रण संजालले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु मार्फत नगर क्षेत्रभित्र हुने गरेका लैङ्गिक हिंसाका घटनाहरुलाई न्यूनीकरण गर्नु पर्ने बताउदै तीज पर्वको समयमा हुनसक्ने सम्भावित गर गहना चोरी तथा लुटपाट एवं सुरक्षा सतर्कताअपनाउनु पर्ने बारे जान्कारी गराए। ।

तपाईको प्रतिक्रिया