इटहरी / इटहरीका मेयर द्धारिकलाल चौधरी नगर प्रहरी र डोजर लिएर सडक खाली गराउन निश्किएका छन । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु भत्काउँन थालेका हुन । इटहरीका मुख्य सडक अतिक्रमणले कुरुप बनेको भन्दै उनले यस्ताे कदम चालेका छन् ।

मेयर चौधरीले नगरका एक हजार घरको लिस्ट तयार पारेको र अब ति सबैमा डोजर चल्ने बताए । नया मापदण्ड अनुसार सडक १०५ फिट चौडा हुनुपर्नेमा ८२ फिट मै घर बनाइएको पनि पाइएको छ । अब चाडै सडक मिचेर बनाइएका घरहरुमा डोजर लगाइने उनले बताए । इटहरीको पूर्व पश्चिम मार्गमा सडक अतिक्रमण गर्दा यातायात आवतजावतमा समेत समस्या हुदै आएको छ ।

केहि समय अघि आफ्नै घरकाे वाल भत्काएर सडक शुसासनमा लागेको भन्दै मेयर चौधरीले सडक मिच्नेहरुलाई नछोड्ने चेतावनी दिएका थिए । इटहरीको सडक मिचेर फुटपात ब्यापार देखि ठुला ब्यापार सम्म गदै आएको भन्दै उनीहरुलाई सडकको साडे ८२ मिटर भित्र नबस्न निर्देशन दिएको हो । सडकलाई खाली गर्ने अभियान केहि समय देखि गदै आएका मेयरले पछिल्लो पटक भने कडा कदम चाल्न सुरु गरेका छन ।

तपाईको प्रतिक्रिया