पुर्वको केन्द्वविन्दु इटहरीमा सन्चालन गर्दै आइरहेका विहानी डान्स सेन्टरका  सन्चालिका प्रनिशा उदास ले आयोजना गरिएको प्रदेश १ मिसेस तिज प्रतियोगिता सम्पन्न गरिएको छ । नारीहरुको महान चाड तिजको अवसर पारेर नारीहरुमा भएका प्रतिभालाई उजागर गर्नका लागि आयोजना गरिएको कार्यक्रममा दश जनाको सहभागि रहेको थियो । दश जना नारीहरु मध्ये प्रतियोगितामा उपाधि स्मृति सापकोटाले हासिल गरेका छिन् भने फस्ट रनरअप विष्णु सिटौला,सेकेन्ड रनरअप र्निमला नेपाल र थर्ड रनरअप कल्पना तिमसिनाले जित्न सफल भएका छन् ।

विजेतालाई ताज,नगद रु दश हजार,प्रमाण पत्र तथा आकर्षक गिट ह्यामपर साथै  फस्ट रनरअपलाई ताज,नगत रु सात हजार, प्रमाण पत्र तथा आकर्षक गिट ह्यामपर ,सेकेन्ड रनरअपलाई पा“च हजार, प्रमाण पत्र तथा आकर्षक गिट ह्यामपर साथै थर्ड रनरअपलाई केहि नगद, प्रमाण पत्र तथा आकर्षक गिट   प्रदान गरिएको आयोजक प्रनिशा उदासले बताईन् । उदासले यस भन्दा अगाडि समर क्याप,लिटल प्रिन्स र प्रिन्सेस जस्ता कार्यक्रमहरु गरिसकेका   थिए ।

तपाईको प्रतिक्रिया