हाल, दैनिक कामको खोजीमा ८ सय नेपाली विदेश गइरहेको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख गरिएको छ । विभागले गत शुक्रबार विज्ञप्ति जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारले भदौ १६ गतेदेखि बैक खातासँगै आर्थिक विवरण पनि पेश गर्नुपर्ने सूचना जारी गरेको थियो । त्यहि अनुसार सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा बैक खाता र बैकिङ विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने भएको छ । विभागले भदौ १६ गते (आज) बाट बैक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्दैछ ।

नयाँ श्रम स्वीकृति दिएर र वैदेशिक रोजगारीबाट फर्किएका कामदारका हकमा अनिवार्य बैक खातासहित विवरण पेश गर्नुपर्ने भएको छ । विदेशिने कामदारका हकमा बैंक खाता अनिवार्य गर्दा फ्रि-भिसा र फ्रि-टिकटको विवरण पनि पेश हुने विभागले जनाएको छ । जसमा वैदेशिक रोजगारीमा जाने कामदारले आफुले विदेश जादाँ तिरेको लागत खर्च पनि बैंक खातामार्फत म्यानपावर कम्पनीमा बुझाउनुपर्ने र उक्त विवरण पनि विभागमा पेश गर्नुपर्ने विभागले जनाएको छ ।

सरकारले २०७२ सालदेखि लागू गरेको फ्रि-भिसा र फ्रि-भिसाको विवरण पनि बैंक खातामार्फत जानकारी लिनसक्ने विभागले जनाएको छ । सरकारले सबै रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत भित्राउन वैदेशिक रोजगारीमा जाने कामदारका हकमा अनिवार्य बैक खाताको व्यवस्था गर्न लागेको विभागका महानिर्देशक डा. भीष्मकुमार भुषालले जानकारी दिएका छन् । विदेशिने श्रमिकको कमाइ र उनीहरुलाई पनि बैकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाउने बानीको विकास गर्न यो व्यवस्था गरिएको डा. भुषालले बताएका छन् ।

बैक खाता नहुँदा कतिपय कामदारले अवैध बाटो भएर रेमिट्यान्स पठाउने गरेको विभागको अनुमान छ । नेपाली युवा रोजगारीका खोजीमा श्रम स्वीकृति लिएर १ सय ७२ देश जाने गरेको विभागको तंथ्याकमा छ । नेपालमा भारत, अमेरिका, कतार, साउदी, मलेसियालगायतका देशबाट धेरै रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैकको तंथ्याकमा उल्लेख छ । विभिन्न देशमा रहेका नेपाली श्रमिकसँग ती देशमा रहेका व्यापारीले रकम लिने, उक्त रकममार्फत सामान खरिद गरेर हुन्डीको व्यापार भइरहेका छ । बिचौलियाले विदेशिएका युवाले कमाएको पैसा चलाउन र परिवारसम्म जिम्मा नलगाउदा उनीहरु कमाइ फस्ने गरेको छ ।

तपाईको प्रतिक्रिया