बारा– भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटका पूर्व कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मगाएका फाइलहरु रोकिदिने भन्दै सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुससहित हरिमोहन सिंह क्षेत्री पक्राउ परेका हुन् ।

हरिमोहन मालपोत कार्यालयको मुद्दा फाँटमा करार सेवामा कार्यरत थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयले जग्गा विवादसँग सम्बन्धित एउटा फाइल मगाएको र सो फाइल अख्तियारमा नपठाइदिने भन्दै क्षेत्रीले सेवाग्राहीसँग घुस मागेका थिए ।

क्षेत्रीलाई सेवाग्राहीसँग लिएको घुस रकमसहित मालपोत कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया