काठमाडौं – आगामी असोज ३ गते प्रदर्शनमा आउने फिल्म ‘लभ डायरीज’ले प्रचारको थालनी गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको हो ।

अर्जुन पोखरेलले शब्द तथा संगीतरहेको गीतमा बाबु प्रधानको एरेञ्ज रहेको छ । सुगम पोखरेल र स्वेच्छा ठकुरीले गतिमा स्वर दिएका छन् ।

गीतमा अभिनेता सुशील र अभिनेत्री रुविना देखिएका छन् । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

फिल्म राम्रो बनाउन आफूले कुनै कसुर बाँकी नराखेको निर्देशक चौधरीले बताए । ‘प्रेममा रहँदा बिताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ’ निर्देशक चौधरीले भने ‘फिल्मको कथा पनि यही हो ।’

फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारको पनि अभिनय छ ।

तपाईको प्रतिक्रिया