प्रमाण न*ष्ट गरेको र या*तना दिएको बारेको अ*भियोगमा जिल्ला अदालत कञ्चनपुरमा मु*द्दा विचारधीन रहेकाले सार्वजनिक रुपमा बोल्न नमिल्ने र आफ्नो भाइ दिलिपसिंह विष्टलाई अभियोग लगाएको भन्दै उनका दाजु खड्गसिंह विष्टले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीवि*रुद्ध मु*द्दा दायर गरेका थिए। तर अब रवि र जिसीवि*रुद्ध हालिएको अदालतको मा*नहानीको मु*द्दा खा*रेज भएको छ।

निर्मला पन्तको ब*लात्कारपछि ह*त्या भएको घ*टनामा सुरुवाती अ*नुसन्धान गरेका डिएसपी जिसी र पत्रकार खेम भण्डारीसँग कार्यक्रम प्रस्तोता रवि लामिछानेले एक टिभी अन्तर्वार्ता गरेका थिए। खड्गसिंहले सुरुमा दिएको उ*जुरी जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण वस्तीले खारेज गरेका थिए । पछि पुनः अर्को उ*जुरी दिएपछि दर्ता भएको थियो। आज सोही उ*जुरीमा सुनुवाइ गर्दै जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले श्रेस्तेदारकै निर्णय ठहर गरेको हो।

श्रेस्तेदार तथा जिल्ला अदालत कञ्चनपुरका प्रवक्ता वस्तीले भने, ‘न्यायाधीशको फैसलाले आज मैले गरेकै निर्णय सदर गरेको छ। योसँगै उक्त मु*द्दा खारेज भयो।’ पत्रकार भण्डारीको सल्लाहमा खड्गसिंहले रवि र जिसीवि*रुद्द मु*द्दा हालेका थिए। सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रविवि*रुद्ध खेम भण्डारी आफैंले पनि प्रेस काउन्सिल नेपालमा उ*जुरी दिएका छन्।

तपाईको प्रतिक्रिया