इटहरी । झापाको सरकारी कार्यलयहरुमा चन्दा मागेर आतंकित बनाउँदै आएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारी कार्यलयका प्रमुखहरु सँग धम्की पूर्ण रुपमा पैसा असुल्दै आएका तीन जनालाई अपराध अनुसन्धान महाशाखा काठमाण्डौले पक्राउ गरेको हो ।

विशेष गरि सरकारी कार्यलयका प्रमुखहरुलाई विभिन्न संगठन विप्लवको नाम समेत दिदै धम्क्याउँदै पैसा असुलेको भन्दै झापा गैरदहा ७ का विश्वराज शर्मा,झापा भद्रपुर ८ का सुवास कोईराला र सोही ठाउँका सुभम घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाण्डौ बसेर झापाका कार्यलय प्रमुखहरुबाट पैसा असुल्ने गरेको भन्दै उनीहरु विरुद्ध मुद्धा दायर भएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया