खुकुरी हानेर फरार भएका गान्टे ३ वर्षपछि पक्राउ

काठमाडौं– २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर माकलबारीमा भएको एक घटनाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गान्टे भनिने प्रकाश गोले छन् । सिन्धुपाल्चोकको गुन्सा घर भएका गोले समेतले २३ असार २०७३ मा काठमाडौंको गोकर्णेश्वर बस्ने सम्बर बहादुर तामाङमाथि खुकुरी प्रहार गरेका थिए ।

उक्त घटनामा गान्टे भनिने गोलेका अतिरिक्त भेजा किरण तामाङ भनिने किरण श्रेष्ठको समेत संलग्नता रहेको प्रहरीको भनाइ छ ।

दुवै जना फरार रहेकोमा महानगरीय अपराध महाशाखाले गान्टेलाई पक्राउ गरेको हो । गान्टेमाथि ज्यान मार्ने उद्योगअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गान्टेमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मा लगाइएको अपराध महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया