इटहरी, श्रावण महिनाको सुरुवात संगै महिलाहरुले मेहेन्दी, हरियो, पहिलो चुरा लगाउने परम्परा अनुसार बजारमा अहिले चुरा, मेहेन्दी लगाउनेको भिड बढेको छ । परापुर्व समय देखि श्रावण महिनामा श्रमिान्को लामो आयुको कामना गर्दै वर्त बस्ने , महादेवको आरधाना गर्ने जस्ता परम्परालाई निरन्तरता दिदै महिलाहरुले चुरा लगाउने गरेका हुन् ।

तिजलाई निम्तो दिन पनि महिलाहरुले मेहेन्दी , चुरा लगाउने गरेको शुभेक्छया दाहाल ले बताउछिन् । साउन महिनाभरी महिलाहरुले बिशेष गरि हिन्दु धर्मसंस्कृति अनुसार माछा, मासु, अदुवा पियाज नखाने सुद्ध साकाहारि मात्र खाने महिलाहरु बताछन् । चुरा, मेहेन्दी लगाउनु शुभ मानिने भएको कारण बर्षे बिच्छे श्रावण महिनामा महिलाहरुको भिड लाग्ने गरेको स्पनिल ब्युटिपार्लरकी सञ्चालक बिजुबैनि श्रेष्ठले बताईन । परम्परादेखि चलनचल्तिको कारण पनि श्रावण महिनामा महिलाहरुले हरियो, पहेलो चुरा लगाउने मेहेन्दी लगाउने गरेको लक्ष्मी बराल गौतम बताउछिन् ।

श्रावण महिनामा बिशेष चुरा, मेहेन्दीको व्यापार बढि हुने गरेकोमा अहिले केहि दिनको बर्षाको कारण पहिलेको तुलनामा कम व्यापार भएको व्यापारि जमुना गरि बताउछिन ।

तपाईको प्रतिक्रिया