चितवनकी मुना अर्याल एपीवान टेलिभिजनबाट सञ्चालित नेपाल लोक स्टारको टप १० मा पुगेकी छन् ।चितवन खैरहनी नगरपालिकाको स्थायी बासिन्दा अर्यालले यहाँ सम्म आउन छुट्टै मेहनत गरेको बताएकी छन् । लोक स्टारमा आउनु अघि कुनै संगीतसम्बन्धी कक्षा नलिएकी उनले जागिरपछि घरमा फुर्सद को समयमा आमा र भाइसँग गुनगुनाउने गर्थिन् । टिभीमा लोक गीत हेरेर अनि रेडियोमा गीत सुनेर रमाउने गर्थिन् । उनी विद्यालयमा एकाउन्टेन्ट, रेडियोमा लोक गीतसम्बन्धी कार्यक्रम र केही स्टेज प्रोग्राम सञ्चालिका रहेकी छन् ।


बुबाले अर्को विवाह गरेपछि आमा, भाइ र उनी मात्र रहेको परिवारमा उनको जिम्मेवारी पनि थियो । यसरी पारिवारिक पीडाबीच जुधिरहेकी मुनाले नेपाल लोक संगीतको ठूलो मञ्च नेपाल लोक स्टारको आयोजना हुने भन्ने बारे सुनिन् र अघि बड्ने सोचका साथ अडिसन दिएको बताइन् । प्रतियोगिताको पहिलो राउन्डमा थोरै कमजोर देखिएकी मुना आहिले प्रस्तुतिमा सुधार ल्याउँदै सबै प्रतिस्पर्धीलाई चुनौती दिने एक मात्र महिला छन् । उनले भनिन्, ‘मैले धेरै कुराहरु सिक्न बाँकी रहेछ, हिजो घर गाउँ र केही स्टेजमा गाएको गीत मेरो लागि सुरुवात मात्र रहेछ भन्ने कुरा यहाँ आएर थाहा पाए र यसको सदुपयोग पनि गर्दै छु । धेरै मेहेनत गरी पहिलो आईएमई नेपाल लोक स्टारको विजेता बन्ने छु ।’

तपाईको प्रतिक्रिया