इनरुवा, १६ साउन । सुनसरीमा घुस लिँदै गरेको अबस्थामा इनरुवा नापी कार्यालयका सर्बेक्षक सहित दुईजना घुस सहित पक्राउ  परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । इनरुवाको नापी कार्यालयमा घुस माग्ने सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण कोदारलाई नगद ११ हजार रुपैँयासहित पक्राउ गरेको हो।
नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस मागेका दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको टोलीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा उनीहरूलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया