https://www.facebook.com/maheswar.karki/videos/2319450261481852/?t=14

इटहरी ।  सुनसरीको इटहरीमा रहेको इटहरी अस्पतालमा सेवा बिस्तार गर्दै आकस्मिक सेवाको प्रारम्भ गरेको छ ।

पहिले प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा रहेको उक्त अस्पताललाई केहि समय पहिले मात्र १५ सयाको अस्पतालको रुपमा बिस्तार गरिएको थियो ।

बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै २४ सै घण्टा खुल्ला रहने गरि अस्पतालले आकस्मिक सेवाको सुरु गरेको हो ।

उदाउदो शहरको रपमा रहेको इटहरीमा सरकारी स्तरको राम्रो अस्पताल नहुदा गरिब, बिपन्न वर्गका जनताले स्वास्थ्य सेवामा सहज पहुच नपुगीरहेको अवस्थामा इटहरी उपमहानगरपालीकाले यो अस्पतालको सेवनामा बिस्तार गर्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सेवाको बिस्तार गरेको जनाएको छ ।

निजि अस्पतालहरुमा महंगो उपचार हुने भएको कारण यो अस्पताललाई आगामी दिनमा बिस्तार गर्दै पुर्वको एउटा नमुना अस्पतालको रुपमा बिकास गर्नु पर्ने, ५० सया बेडको अस्पताल बनाउनु पर्ने, ट्रमा सेन्टको व्यवस्था गर्नु पर्ने लगायतको आवश्यक्त रहेको इटहरी उपमहानगरपालीकाका वडा नम्बर ९ का वडाध्यक्ष भुपेन्द्र बरालले बताए ।

स्वास्थ्य सम्बन्धि जागरण अभाव भएको कारण पनि धेरै स्वाथ्य समन्धि समस्या सिर्जना भएको प्रदेश एकका सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले बताए । सरकारी स्तरबाट मात्र स्वास्थ्य चेतना सम्भव नभएको कारण समुदायको पनि दाइत्व रहेको मन्त्रि घिमिरेले बताए ।

त्यो संगै प्रत्यक ६ महिनामा नियमित सबैले आआफ्नो स्वास्थ्य  जाच गर्ने बानि बसाल्नु पर्ने बताए । इटहरी अस्पतालको बिकासको लागी प्रदेश सकारले नियमित सहयोग गर्ने घिमिरेले बताए ।

तपाईको प्रतिक्रिया