काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) मिलेर नयाँ हाँस्यव्यंग्य टेलीश्रृंखला सुरु गरेका छन् । उनीहरुले ‘हल्का रमाइलो’ नामक हाँस्य श्रृंखला सुरु गरेका हुन् ।

‘मेरी बास्सै’को टिमबाट अलग भएपछि बल्छी धुर्बे र राजुमास्टर करिब ६ महिनापछि सँगै हाँस्यव्यंग्य टेलीश्रृंखलामा फर्किएका हुन् । उनीहरुको संयुक्त लेखन तथा निर्देशन रहेको ‘हल्का रमाइलो’ टेलीश्रृंखला नेपाल टेलिभिजनबाट हरेक आइतबार राति ८ः५० बजे प्रसारण हुन्छ ।

सोमबार मध्याह्न्नसम्म दुई लाख बढी भ्युज र २१ हजार लाइक पाएपछि धुर्बे र राजुको टिम दंग छ ।

टेलीश्रृंखलामा मरिचमान र राजुसँगै अनिता बस्नेत, साबित्री गिरी, शम्भु थापा, कमला रेग्मी, पल्लवी महरा, दीपक शर्मालगायतको अभिनय छ

तपाईको प्रतिक्रिया