सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिका र बिभिन्न बैक बिच आगामि बर्ष २०७६ /७७ को सााजिक सुरक्षा भत्ता बितरण गर्ने आज सम्झौता भएको छ । सुन्दर हरैचा नगरपालिका भित्र रहेका बिभिन्न १२ वटा बैकहरु सङग आज नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाल दाहाल र १२ वटा बैकका प्रतिनिधिहरुबिच सम्झैता पत्रमा हस्ताक्षर गरीएको छ ।

यो सगै अब नगरपालिकाले १२ वटा बैकबाट वडा वडामा नै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले बताए । उनले बेकहरुसंग सम्झौता गरे पञ्चात सामाजिक सुरक्षा भत्ता बितरण गर्न सहज हुने बताए ।

सुन्दरहरैचा नगरपालिकामा वडा वडामा निम्न बैकहरुबाट सामाजिक सुरक्षा भत्ता बितरण गरीएको छ ।

१) लुम्बिनी विकास बैक लिमिटेड,हरैचा
२) एन सी सी बैक लिमिटेड,बिराटचोक
३) सप्तकोशी विकास बैक लिमिटेड,गछियाँ
४) बैक अफ काठमाडौँ लिमिटेड,बिराटचोक
५) एन आइ सी एसिया बैक लिमिटेड,बलिया
६) सीभिल बैक लिमिटेड,बिराटचोक
७) मितेरी डेभलफ्मेट बैक लिमिटेड,गोठगाउँ
८) सृजना फाइनान्स लिमिटेड,सलकपुर
९) एन आइ सी एसिया बैक लिमिटेड,बिराटचोक
१०) कन्काइ बिकास बैक लिमिटेड,खोर्साने
११) नेपाल बङलादेश बैक लिमिटेड,बिराटचोक
१२) सनराइज बैक लिमिटेड,बिराटचोक

तपाईको प्रतिक्रिया