ईटहरी/ ‘बोके दाह्री’ उपनामले चिनिएका चर्चित गायक श्रीकृष्ण लुइँटेलको नयाँ गीत भटभटेमा सार्बजनिक भएको छ । सार्बजनिक गीतको भिडियो फरक शैलीमा रहेको छ । भिडियोमा श्रीकृष्णले सारी, कुर्ता तथा पेन्ट भेस्ट लगाएका छन् । भिडियोलाई अत्यन्तै मन पराइएको छ । हेर्नुस भिडियो

गीतमा श्री कृष्णका साथै सृष्टी लुइँटेल, कृष्ण सुबेदी, रमेश भट्टराई, मिलन खत्री, मिलन परियार, पदम गौतम, नहिम अलि, सुजन चाहर, सोनिया कटवाल, लिला कटवाल, बिनिता थापा, अकान्क्षा श्रेष्ठ, कल्पना खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

श्रीकृष्ण कै निर्देशनमा तयार गरिएको गीतको भिडियोलाई सुवास लिम्बुले सम्पादन गरेका छन् भने गीतमा श्रीकृष्ण े शब्द, स्वोर तथा संगीत रहेको छ ।गीतलाई सबिन लिम्बुले एरेन्ज गरेका हुन् । नहिम अलिको कोरियोग्राफी रहेको गीतको भिडियोलाई दिपेन्द्र कटवाल र किरण मुखियाले छायांकन गरेका हुन् ।

तपाईको प्रतिक्रिया