नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्। बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।

बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले आफूले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने बताए।

कोटेश्वरको पेरिसडाँडास्थित तत्कालीन माओवादी केन्द्रको कार्यालय परिसरमा रहेको जनयुद्धका सहीदहरुको शालिकमा माल्यार्पण गरेका थिए। बुधबार पनि उनले मन्त्री पदको सपथ लिने वित्तिकै लैनचौरस्थित सहीद पार्कमा पुगेर सहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

 

तपाईको प्रतिक्रिया