इटहरी । ‘मिस ब्युटी आइकन २०१९’ को उपाधि इटहरीकी प्रीजानी नेपालले जितेकी छिन् । इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी १८ वर्षीय प्रीजानीले १० जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधी जितेकी हुन ।

प्रमुख निर्णायक हर्षिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिँदै उपाधि जितेकी ५.४ इन्च अग्ली प्रीजानीले ५० हजार नगद पुरस्कार तथा ‘मिस पूर्वाञ्चल’मा सिधा प्रवेश पाउदै ‘मिस फ्रेन्डसिप’को सवटाइटल समेत जित्न सफल भइन् ।त्यस्तै, ५.५ इञ्च अग्ली १७ वर्षीय मनिला सिम्खडाले ‘फस्ट रनरअप’ को उपाधिसँगै ३० हजार नगद पुरस्कार तथा ‘मिस पूर्वाञ्चल’मा सिधा प्रवेश पाएकी छिन् । उनले ‘मिस बेस्ट वाक’ र ‘मिस मल्टिमेडिया’को सवटाइटल समेत जित्न सफल भइन् ।

त्यस्तै निशा सुब्बाले ‘सेकेन्ड रनरअपको उपाधि’सँगै १५ हजार नगद पुरस्कार जितेकी छिन् । तिनै जनाले ‘नेपाल एयर होस्टेज एकेडेमी’को तर्फबाट ‘एयर होस्टेज ट्रेनिङ कोर्ष’को अवसर पाएका छन् ।
त्यस्तै, ‘मिस ट्यालेन्ट’ इश्ना गुरुङ, ‘मिस पब्लिक च्वाइस’ सुहाना श्रेष्ठ, ‘मिस इन्टलेक्चुअल’ र ‘मिस फोटोजेनिक’ कशिस बस्नेत, ‘मिस एथ्लेटिक’ समिक्षा अधिकारी र ‘मिस पर्सनालिटी’ प्रतिमा राईले जितेका छिन् । प्रत्येक टाइटल विजेताले ५ हजार पुरस्कार पाएका छन् ।

‘एमके फोटोग्राफी’को आयोजना तथा ‘मिस पूर्वाञ्चल २०१८’ ‘सेकेन्ड रनर अप’ तथा ‘मिस इटहरी २०१७’ कि विजेता तपस्या रनापहेलीको कोरियोग्राफी रहेको थियो । आइकनमा ‘बुटीक पार्टनर’ ‘जीके कलेक्शन’ र ‘मेकअप पार्टनर’ ‘पर्ल ब्यूटी पार्लरको’ रहेको थियो ।
कार्यक्रममा निर्णायकहरुमा नायिका हर्षिका श्रेष्ठ, मिस पूर्वाञ्चल २०१७ की रुबी लिम्बू, मिस पूर्वाञ्चल २०१८ की पूजा श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, पाथिभरा जब लिंकको सीइओ पवन अधिकारी, ट्रेनर सुरेश राई र सिजीअरीको डेपुटी म्यानेजर खेम कुइकेल रहेका थिए ।

तपाईको प्रतिक्रिया