नेपाल सेनामा कार्यरत युवाको कथा आधारित चलचित्र ‘काले दाई’ विजया दशमीको अवसर पारी यही असोज १७ गतेबाट प्रदर्शनमा आउँदै छ । शिव शर्माले निर्देशन गरेको चलचित्र नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रको कथालाई ईन्द्र रामजाली र किशन अर्यालले लेखेका छन् भने सम्शेर गुरुङ र रामजालीको लगानी छ । अन्तर्जातीय प्रेम कथा पनि चलचित्रले उठाउन खोजेको छ ।चलचित्रमा चर्चित कलाकार तथा समाजसेवी शिशिर भण्डारीको पनि मुख्य भुमिका रहेको छ । चलचित्रमा शिशिरले खलपात्र हुँदै सकारात्मक पात्रको भुमिका निभाएका छन् ।

चलचित्रमा ईन्द्र रामजाली, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ । यसैबिच लचत्रिको प्रोमोशनको लागि शिशिर भण्डारी चर्चित हास्य शिशिरयल रिसानी माफमा पुगेका छन् । उनले त्यहाँ दाउरीको श्रीमान खिन्ते काकाको पिटाई खाए । हेर्नुस

तपाईको प्रतिक्रिया