इटहरी धरान सडकखण्डको चारकोशे झाडीमा दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको तरहरा प्रहरी चौकीले जनाएको छ ।

को २९ प ४१९५ नम्बरको पल्सर मोटरसाइकलमा सवार एक व्यक्तिले ना २ च ६६८९ नम्बरको जीपलाई ठक्कर दिएकाले मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान–८ बस्ने वर्ष २५ वर्षको सञ्जु अग्रवाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका निमित्त कार्यालय प्रमुख प्रनानि टेकराज खड्काले जानकारी दिए ।

जीप चालकका अनुसार मोटरसाइकलले आँफूलाई ठक्कर दिएको र अगाडिपट्टि मे १ ख २०४५ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको बताएको भएपनि बसमा सवार प्यासेन्जरले बसले ठक्कर नदिएको जानकारी दिए ।

अहिले दुवै सवारीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया