सपनामा देखिएका कतिपय घटनाले तपाईको आगामी दिनको अवस्थाको बारेमा जानकारी दिने धार्मिक विश्वास रहेको छ ।

सपनामा देखिएका कतिपय कुरालाई ध्यान दिन सकियो भने भविष्यमा आइपर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ भने आगामी दिनमा जीवनमा के हुँदैछ भन्ने जानकारी पाउन सकिने धार्मिक विश्वास रहेको छ ।

सपनामा देखिने कतिपय जीव जनावर, वस्तु, सामाग्रीले के अर्थ दिन्छन् त ?

गाई: पितृ दोष तथा दु:ख कष्ट आइपर्ने।
दियो: दियो दान दिएको देखेमा घरवार नाश हुन्छ।

देवता: देवता रिसाएको देखे धर्मको हानी हुन्छ।
जमिन: जमिन हल्लिएको सपनामा देखे सरकारी मुद्दा लागेर जेल जानुपर्ने हुन्छ।

नर्क: नर्कमा परेको देखे अकस्मात आपत आई नोक्सान हुन्छ।
दुध : दुध खाएको देखे शोक पर्छ। आपत पर्छ।

पानी: पानी परिरहेको सपना देखे विरामी हुने संकेत हो।
ढोका: ढोकामा आगो लागेको देखे घर वर्वाद, विरामी र धन नाश हुन्छ।

कपास: कपासकोबोट देखे रोगको डर हुन्छ।

माकुरा: माकुराले टोकेको सपना देखे रोग लग्न सक्छ।
भिक्षा: सपनामा भिक्षा लिएको-दिएको दुवै अशुभ हुन्छ। गरीबीले सताउन सक्छ।

धुँवा: धन नाश, व्यपारमा हानी, मानसिक सन्ताप र प्रियजन विछोड हुन्छ।
वर्षा: घनाघोर वर्षा देखे गृह कलह र मित्र विछोड हुने संकेत हो।

बिरालो: सपनामा बिरालो देखिए शत्रु बढ्छ।
हिलो: हिलोमा फसेको देखे कष्ट र अपव्यय हुन्छ।

तारा: तारा खसेको देखे विपत्ती आइलाग्ने सन्केत हो।
फलामे वस्तु: सपनामा फलामका भाँडा वा वस्तुहरु देखिनु अशुभ हुन्छ। विपत्ती आउने सन्केत हो।

फूल: रातो फूल देखे कष्ट हुन्छ।
विवाह: वैवाहिक उत्सव देखिनु अशुभ मानिन्छ।

घर: घर लडेको देखे गृहस्थी जीवन तहसनहस हुन्छ.
दाँत: दाँत झरेको वा भाँचिएको सपना देखे दुख र झन्झट आइलाग्छ।

भोक: आफु भोको भएको देखे विपत्ति आउँछ।
आँखा: आँखा फुटेको देखे परिवारमा नोक्सानी हुने सम्भावना हुन्छ।

कपाल: कपाल देख्नु अशुभ हुन्छ। युद्ध, मुद्दा मामिलामा पराजय हुन्छ। कपाल झरेको देखे ॠण पनि लग्न सक्छ।
आकश: रातो रङ्गको आकाश देखे कष्ट, दु:ख, भय उत्पन्न हुन्छ।

आकाश: आकाशमा आँधी, तुफान, धुलो देखिए देशमा लडाई वा प्राकृतिक विपत्ति आउन सक्छ। आकाशबाट झरेको देखिए सामाजिक आपमान हुने वा समाजबाट आपहेलना वा निष्काशित हुन सक्ने सम्भावना हुन्छ।

अन्धकार: अन्धकार वा अँध्यारो गुफा देखे रोग लाग्ने डर हुन्छ।
चिता: दन्किएको चिता देख्नु अशुभ मानिन्छ।

तपाईको प्रतिक्रिया