दशैँमा विशेषतः मासुको बढी मात्रमा प्रयोग गरिन्छ । मासु प्रयोग गर्दा सकेसम्म ताजा र कम प्रयोग गर्नु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ । तर एक चोटी काटेको मासु दशैँभर नै प्रयोग गरेको पनि पाइन्छ । यस्तो मासु खाँदा स्वास्थ्यका लागि राम्रो हुनेछ ।

–     मासु तथा मासुजन्य पदार्थको उत्पादन स्वस्थ पशुपन्छीको बध गराउनु पर्छ ।

–     आफूले सेवन गर्ने मासु सफा ठाउँमा काटौँ ।

–     छाला नखाँदा स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

–     मासुलाई कम्तीमा १२ घण्टा डिपफ्रिजमा राखेपछि खाँदा राम्रो ।

–     गन्ध आएको, चिप्लो र रङ्ग निलो भएको मासु खाँदै नखानुस् ।

–     फ्रिजमा आफूलाई एक दिनमा आश्यक पर्ने मात्राको पोको छुटा, छुट्टै राखी प्रत्येक दिन एउटा पोको निकालेर पकाउनु बानी गरौँ ।

–     फ्रिजमा राखेको मासु राख्ने र निकाल्ने बानी नगरौँ ।

–     पशु काटेपछि छाला निकाली सफा र चिसो पानीले मासुलाई पखालौँ ।

–     मासु पोलेर नखानुस् ।

–     पकाएको मासु धेरै दिन नराखौँ र त्यस्तो मासु नखाँदा नै स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

तपाईको प्रतिक्रिया