बुटवल / बुटवलमा बसको छतमा शव फेला परेको छ । बुटवलकाे नयाँ बसपार्कमा गुल्मी चन्द्रकोटका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएकाे छ । लु १ छ १३७ नंम्बरको बसको छतमा थापाको शव भेटिएको हो ।

पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकरी दिए ।

तपाईको प्रतिक्रिया