काठमाडौं-दशैको समयमा कार्यलयहरु बन्द हुन्छन् । दशै बनाउन यतिबेला तपाईहरु आफ्नो घरघरमा हुनुहुन्छ होला । दशैको समय घरमा खासै काम हुँदैन ।

आफन्त, साथीभाई भेटघाट गर्ने र गफगाफ गर्दै तपाईको दिन वितिरहेको होला । यसका साथै दशैमा मासु खाने चलन रहेको छ । मासुलाई विशेष परिवारको रुपमा लिइन्छ ।

दशैको समयमा ओल्लो घर पल्लोघर जता गएपनि खानेकुरा मासु नै हुन्छ । आफन्तहरुले छिमेकी घरमा जानेवित्तिकै मासु नै खान कर गरिहल्छन् ।

दशैको समयमा मासु खादिन भन्न पनि सकिदैन । आफन्तहरुले पनि थोरै भएपनि खानुस् भनेर कर गर्छन् । यसरी थोरै थोरै भन्दा भन्दै दशैमा अन्य समयमा भन्दा धेरै मासु खाएको तपाई आफैले पत्तो पाउनुहुन्न ।

थोरै थोरै खादा चाडवाडको खानपान अलि बढि नै हुन्छ । दशैको समयमा रमाइलो र भेटघाटमै व्यस्त हुँदा तपाईले शारीरिक व्यायाम पनि नगर्नु भएको हुनसक्छ ।

जसले गर्दा तपाईले खाएका खाना राम्रोसँग पच्दैन । दशैंमा खानामा मात्रै बल गरियो भने स्वास्थ्यलाई असर पर्ने चिकित्सहरु बताउँछन् ।

तर काम नगरिकन चाडवाड त हो भनेर खानामा मात्रै बल गरियो भने स्वास्थ्यलाई असर गर्ने चिकित्सकहरु बताउँछन् ।

दशैको खानपान स्वास्थ्यकर नहुँदा दशैलगतै अस्पतालमा बिरामी बढ्ने गरेको वीर अस्पतालका पेट रोग विशेषज्ञ डाक्टर भुपेन्द्र बस्नेत बताउँछन् ।

‘दशैमा मिठो र मसिनो खाने चलन छ । दशैमा मासु नै बढी खाइन्छ । मासु माछा बढी खाने तर परिश्रम नगर्ने बानी छ,’ डा.बस्नेत भन्छन्, ‘त्यहि खापनाका कारण मासिहरुमा मधुमेह, उच्च रक्तचाप, ग्याट्रिक, युरिक यसिड को समस्या बढेको छ ।’

मासु खानु स्वास्थ्यका लागि फाइदा भएपनि मासु खाने तरिका गलत हुँदा स्वास्थ्यमा समस्या निम्तिने डा.बस्नेत बताउँछन् ।

‘मासुमा प्रोटिन पाइने भएकाले मासु हाम्रोलागि आवश्यक छ, खानुपर्छ, तर हामी नेपालीहरुको मासु खाने तरिका नै गलत छ,’ डा बस्नेत भन्छन्, ‘हामी मासु खाने भनेर धेरै तेलमा भुटेर, मरमसला धेरै हालेर तारेर खान्छौं । त्यसमाथि पनि धेरै खान्छौं, यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।’

मासु कसरी खाने ?

डा.बस्नेतका अनुसार दशैमा मासुखादा स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्छ । उनी भन्छन्, ‘दशैमा मासु खानुपर्छ तर मासुसँगै हरियो सागपात, फलफुल र प्रशस्त पानी पनि खानुपर्छ, दशैमा मासुसँगै अन्य खानेकुरा पनि खायो भने शारीरिक व्यायाम गर्ने गर्दा भने स्वास्थ्य समस्या आउँदैन । दशै रमाइलो हुन्छ ।’

दशैको समयमा स्वास्थ्य कर्मीहरु पनि विदामा हुन्छन् । चाडबाडको समयमा अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु नहुन सक्छन् । अझै गाउँ घरमा त स्वास्थ्य संस्था टाडा हुनसक्छ । भएको मेडिकल पनि दशैको समयमा बन्द हुन सक्छ ।

दशैको समयमा खानपिनको मात्रा नमिल्दा पेट दुख्ने, झाडाबान्ता हुने टाउँको दुख्ने समस्या हुनसक्ने सक्छ ।

स्वास्थ्यमा समस्या निम्तिएमा खाने तरीका र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने डा बस्नेतको भनाइ छ ।

दशैंमा स्वास्थ्य समस्या आए के गर्ने ?

–सिटामोला, जीवनजल, ब्यान्डेजहरु घरमा राख्ने । टाउको दुख्ने,पेट दुख्ने समस्या देखियो भने प्रयोग गर्न सकिन्छ,
– पेट दुख्ने, झाडापखाला लाग्ने भएमा जीवनजल पानी बनाएर खानुस्,
–बासी खाना नखान,
–दशैमा मासुसँगै प्रसस्त्र मात्रामा फलफुल, साजसब्जी र पानी पनि खानुपर्छ,
–कोसेलीमा फलफुल प्रयोग गर्ने,
–कागती, बेसार अदुवा मिसाएर पानी उमालेर खाने ।

दशैको खानपानले हुने सामान्य समस्याबाट बच्न यी उपायहरु प्रभावकारी हुन्छ ।

यस्ता उपायले पनि तपाईको स्वास्थ्यमा सुधार नआएमा तत्कालै स्वास्थ्यसंस्थामा जानुपर्छ ।

दशैमा टाउको दुख्दा पखाला लाग्दा सिटामोल र जीवनजल घरमै प्रयोग गरेपछि कडा डोजका औषधि भने चिकित्सकको सल्लाह विना प्रयोग गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया