खाना मानिसका लागि आधारभूत आवश्यकता नै हो । स्वस्थ शरीरका लागि सन्तुलित खानाको आवश्यकता पर्छ । सन्तुलित खानाले मानिसमा स्फूर्ति पनि बढाउँछ । तर, यही खाना खाएपछि थोरै सावधानी अपनाउन सकिएन भने स्वास्थ्यमा असर पर्नसक्छ । व्यक्तिगत वानी व्यवहार पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

त्यसैले खाना खाएपछि निम्न पाँच काम नगर्नुस्

खाना खाने वित्तिकै नसुत्नुस्

तपाईंको खाना खाने वित्तिकै सुत्ने बानी छ भने आजै बाट त्यो बानी त्याग्नुहोस् । किनकी त्यस्तो बानि तपाईंको स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । खाना खाए लगत्तै सुत्दा तपाईंले खाएको खाना राम्रोसँग पच्न सक्दैन । यसले गर्दा मोटाउने, तथा ग्यास्ट्रिकको समस्या हुन जान्छ । पेट लाग्ने समस्या पनि बढ्छ ।

धुम्रपान नगर्नुहोस्

हुन त धुम्रपान गर्नु नै स्वास्थ्यका लागि हानिकारक छ । जुनसुकै समयमा पनि धुम्रपान गर्नु स्वास्थ्यका लागि राम्रो होइन । तर खाना खाने वित्तिकै धुम्रपान गर्दा ज्यानै जान सक्ने सम्मको खतरा हुन्छ । साथै यसले गर्दा क्यानसरको सम्भावना धेरै गुणा बढ्न सक्छ ।

फलफुल नखानुहोस्

खाना पछि फलफुल खानुपनि स्वास्थ्यका लागि हानिकारण मानिन्छ । यस्तो गर्दा पेट ढूस्स हुनेलगायत ग्यास्ट्रिक को समस्या हुन सक्छ ।

चिया वा कफि नपिउनुहोस्

कतिपय मानिसहरु खाना लगत्तै चिया वा कफी पिउने गर्छन् । यो एकदमै नराम्रो बानी हो । यस्ता बानी भूलेर पनि नदाहोर्‍याउनुस् । यो पनि स्वास्थ्यका दृष्टिले घातक भएको चिकित्सकहरुले बताएका छन् ।

नुहाउनु हुँदैन

हतार छ भन्दैमा खाना लगत्तै ननुहाउनुस् । बरु खाना खानुभन्दा पहिले नै नुहाएर खाना खाँदा राम्रो । खाना लगत्तै नुहाउँदा पेटको चारैतर्फ रक्तसंचार बढि हुन जान्छ र पाचन प्रक्रिया सुस्त हुन्छ ।

यो पनि पढ्नुस 

अंगुरमा पौष्टिक तत्वले भरपुर हुन्छ । यसमा पोटासियम, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए, भिटामिन सी, क्याल्सियम, आइरन, भिटामिन बीसिक्स र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छन् । यदि तपाईंले एक महिनासम्म दैनिक अंगुरको सेवन गर्नुहुन्छ भने यसले तपाईंको शरिरलाई पुर्याउने फाइदाबाट तपाईं निकै सन्तुष्ट हुनुहुनेछ ।

१. तपाईंको मुटु स्वस्थ हुन्छः

अंगुरमा एन्टिअक्सिडेन्टको भरपुर मात्रा हुन्छ जसले मुटुसम्बन्धि रोग न्यूनिकरणमा सहयोग गर्छ । यसमा पाइने पोलिफेनोलले पनि मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

बोस्टन युनिभर्सिटी स्कूल अफ मेडिसिनले गरेको अनुसन्धानमा अंगुरमा पाइने पोलिफिनोलले एलडीएल (ब्याड कोलेस्ट्रोल) घटाउँछ, रक्तचाप कम गर्छ, शरिर सुन्निनेलगायतका समस्या कम गर्छ ।

२. तपाईंको पाचनक्रिया बलियो हुन्छः

अंगुरमा फाइबर हुन्छ जसले पाचनतन्त्रलाई बलियो बनाउँछ । अंगुरमा विशेषगरी इन्सोलुबल ( अघुलनशील) फाइबर हुन्छ । यसले पेटलाई सफा राख्न मद्दत गर्छ । कब्जियतको समस्या भएकालाई अघुलनशील फाइबर निकै फाइदाजनक हुन्छ । अंगुरमा हुने पानीले पनि पाचनक्रियामा सहयोग गर्छ ।

३. तपाईंलाई उर्जावान् राख्छः

अंगुरमा कार्बोहाइड्रेट हुन्छ विशेषगरी सेलुलोस । सेलुलोसलाई प्राकृतिक ‘इनर्जी बुस्टर’ भनिन्छ । एक गफ्फा अंगुर मुखमा हाल्नुहोस्, तपाईंले एकाएक उर्जावान् महसुस गर्नुहुन्छ । यसमा अत्यधिक फाइबर हुने भएकाले यो बिस्तारै पच्छ । यसैकारण तपाईंलाई लामो समयसम्म ऊर्जा दिने गर्छ ।

४. तपाईंको मृगौला स्वस्थ रहन्छः

अंगुरमा एन्थोसियानिन र रेस्पोराट्रोल नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले मृगौलामा प्रवेश गर्न सक्ने हानिकारक तत्वलाई बाहिर निकाल्ने काम गर्न सक्छ । यी एन्टिअक्सिडेन्टले युरिक एसिडजस्ता बेकारका उत्पादनलाई बाहिर निकाल्ने काम गर्छ ।

नेशनल किड्नी फाउन्डेशनले मृगौलालाई स्वस्थ राख्न दैनिक १५ वटा अंगुर खानुपर्ने सल्लाह दिएको छ े ।

५. विभिन्न क्यान्सरबाट जोगाउँछः

पुनः त्यही शक्तिशाली एन्टिअक्सिडेन्टलाई श्रेय जान्छ । यसमा एन्टिक्यान्सर गुण पनि हुन्छ जसले स्तन क्यान्सरलगायतका विभिन्न क्यान्सरबाट जोगाउँछ । अंगुरमा पाइने रेस्भेराट्रोलजस्ता पोलिफेनोल्सले क्यान्सरबाट जोगाउँछ ।

६. सास फेर्न सहज बनाउँछः

सन् २००७ को एक अध्ययन अनुसार बदाम, काजुलगायतका विभिन्न नट्स र फलफूलमा विशेषगरी अंगुर खाने बच्चाहरुमा दमको लक्षण कम देखियो । अंगुरमा पाइने पानीको मात्राले यस्तो भएको हुनसक्छ ।

तपाईको प्रतिक्रिया