नेपालीहरुको महान चाड दशैं सकिएको छ । दशैं मनाउँन गाउँघरमा पुगेका धेरै व्यक्तिहरु यतिबेला कार्यक्षेत्रमा फर्किदै छन् । तपाई पनि घरमा दशैं मनाएर कार्यक्षेत्रमा फर्कदै हुनुहुन्छ होला ।

घरबाट कार्यक्षेत्रमा यात्रा गर्न बस, माइक्रो, ट्याक्सी आदिको प्रयोग गर्नुहुन्छ होला । बास, माइक्रो तथा ट्याक्सीमा यात्रा गर्दा धेरैलाई वान्ता हुने समस्या हुनसक्छ ।

वान्ता हुन्छ भनेर यात्रा नगरी पनि सुख पाइँदैन । वान्ता हुने समस्याका कारण तपाईलाई यात्रा गर्नै दिक्क पनि लाग्छ होला । अब दिक्क नमान्नुस् । यात्रा गर्दा वान्ता नहुने केही उपया यस्ता छन्-

वान्ता हुन नदिन यस्तो गनुर्स

–यात्रा गर्दा कागती लिएर जाने र बेलाबेलामा कागती सुँघ्ने,

–ल्वाङ्ग खाने,

–अदुवाको टुक्रा वा अदुवा राखेको चिया खाने,

–कागती र पुदिनाको जुस पिउने,

– सुकमेल खाने,

–वान्ता हुन लागेमा लामो–लामो श्वास लिने,

– यात्रा गर्दा वान्ता हुने समस्या छ भने सकेसम्म अगाडिको सिट वा झ्याल भएको सिटमा बस्ने,

–यात्रा गर्नुअघि केही खानेकुरा खाने ।

तपाईको प्रतिक्रिया