ताप्लेजुङमा ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका ६ फाकुम्बाका ३४ वर्षीय फुर्तेम्बा शेर्पाको दुर्घटनामा मृत्यु भएको हो ।

आठराई त्रिवेणी गाउँपालिका–५ चाँगे दोभानदेखि फाकुम्बातर्फ जाँदै गरेको प्र १–०२–००३ त २८१३ नम्बरको टयाक्टर बुधबार दोभान–फाकुम्बा सडक खण्डमा दुर्घटना भएको भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार ट्याक्टर दुर्घटनामा परी घाइते भएका शेर्पाको उपचारमा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया