सबैभन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको एमआरएनए भ्याक्सिनको परीक्षण सुरु भएको छ । बेलायतका ५२ वर्षीय स्टिभ यङमाथि पहिलो परीक्षण गरिएको हो । गत अगस्टमा उनको शरीरबाट क्यान्सर भएको भाग काटेर हटाइएको थियो ।

यो भ्याक्सिनको मुख्य काम इम्युन सिस्टम बढाउने तथा बाँकी रहेको क्यान्सर सेल हटाउने र फेरि कहिल्यै फर्कन नदिने हो । यो खोप अहिलेका कोभिड भ्याक्सिनकै प्रविधिबाट तयार गरेर मानिसलाई दिईएको हो । यसको तेस्रो चरणको परीक्षण भइरहेको छ ।

मोर्डना र मेर्क सार्प एन्ड डोमेले बनाएको सो भ्याक्सिन क्लिनिकल परीक्षणभन्दा बाहिर उपलब्ध छैन । तर अन्य देशले पनि यसको उपयोग गर्न चाहिरहेका छन् । अस्ट्रेलियाले पनि यसको परीक्षण गर्ने रुची देखाइसकेको छ। (एजेन्सी)

तपाईको प्रतिक्रिया