नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ५ रुपैयाँ प्रतितोलाका दरले बढेको छ । यस दिन चाँदी तोलामा १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईको प्रतिक्रिया