नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १७ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । आज तेजाबी सुन पनि १७ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया