नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार कीर्तिमानी मूल्य (१ लाख ४५ हजार)मा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ३ हजार ९ सय ५० रुपैयाँले घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ ७५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईको प्रतिक्रिया