कपालमा चाया पर्नु आममानिसको एउटै समस्याजस्तै भएको छ।उक्त समस्याबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै प्रभावित हुनेगर्छन्। महिलाको कपाल लामो हुने भएकाले पुरुषको तुलनामा महिला बढी प्रभावित हुनेगर्छन्।तर समस्या र समाधानको उपाय भने एउटै हुन्छ।

जाडोभन्दा वर्षात्को समयमा चायाले बढी दु:ख दिने गर्छ। वर्षात्मा फोहोर पानीले कपाल भिझ्ने हुँदा छालामा व्यक्टेरिया उत्पन्न हुन्छन्।यस्ता व्यक्टेरियाले छालामा विभिन्न समस्या निम्त्याउँछन्।जसका कारण कपालमा चाया पर्ने मात्र नभइ भएको कपाल पनि झरेर जान्छ।

त्यसैले वर्षात्मा बाहिर जानै परे छाता वा पानी छेक्ने सामग्री बोक्नुपर्छ।भिजेको कपाललाई राम्रोसँग सुक्न दिएर कोर्नुपर्छ। साबुन वा स्याम्पु राम्ररी पखाल्नुपर्छ।प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउनुपर्छ। सन्तुलित आहारविहारशैली अपनाउनुपर्छ।यति गर्दा पनि चाया पर्न रोकिएन भने घरेलु विधि प्रयोग गर्न सकिन्छ।

चाया हटाउने घरेलु विधि

एलोबेरा जेल

एलोबेराको प्रयोग गरी चाया हटाउन सकिन्छ। यसले छाला चिलाउने, कपाल झर्ने समस्याबाट मुक्ति दिन्छ।एलोबेराको जेल कपालको जराजरामा ३० मिनेटसम्म लगाएर नुहाउँदा कपालको चाया जान्छ।कपाल झर्नबाट पनि बच्छ।

तोरीको तेल

हप्तामा तोरीको तेल कपाल मालिस गर्दा कपाल झर्ने र चिलाउने समस्या हट्छ।यस्तै, बदामको तेलमा अमलाको तेल मिसाएर चाया परेको भागमा लगाउँदा चाया हटेर जान्छ।यसले कपालमा हुने इन्फेक्सनबाट पनि बचाउँछ।

नीम
चाया हटाउने अर्को विधि हो नीम।नीमको पातबाट बनाएको पेष्टमा कागतीको रस र अलिकति बेसार राखेर कपालमा लगाउँदा चाया जान्छ।

दही
एक चम्चा दहीको प्रयोगबाट छालाजन्य रोग हटाउन सकिन्छ।बेसारमा मह मिलाएर चिलाएको ठाउँमा लगाउँदा छिटो आराम मिल्छ।

बेसार
बेसारमा मह मिसाएर बनाएको पेस्ट चाया वा चिलाएको भागमा लगाउँदा छिटो आराम मिल्छ।शरीरको अन्य चिलाएको भागमा उक्त पेस्ट लगाउँदा राहत मिल्छ।

तपाईको प्रतिक्रिया