प्राय खाना खाइसकेपछि हामी सोप चपाउँछौं । न यो धेरै स्वादिलो हुन्छ, न बेस्वादको । न यसलाई अघाउनेगरी खाइन्छ, न कुनै तलतल मेट्न । त्यसो भए सोप किन खाइएको होला ? यो जित्रासा सबैमा हुनसक्छ ।

सामान्यतय मानिसले खाना पचाउनका लागि, मुखको दुर्गन्ध हटाउनका लागि भन्ने बुझेको पाइन्छ । तर सोपको अन्य फाइदाहरु पनि रहेका छन् । सोप क्याल्सियम, सोडियम, आयरन, पोटासियमको स्रोत पनि हो । खाना खाइसकेपछि सोप चपाउनुको फाइदा यस्ता छन् ।

१. कब्जियतबाट राहत :  सोपले कब्जियतको समस्या हुन दिदैन । यसलाई चिनी वा मिश्रीसित मिलाएर खाएमा यसको समस्या हट्नुका साथै कब्जियतबाट राहत दिन्छ ।

२. आँखाको रोशनी बढाउन : सोपको सेवनद्धारा आँखाको रोशनी बढाउन सकिन्छ । सौप तथा मिश्रीको चुर्णलाई मनतातो पानीसित दैनिक सेवन गरेको खण्डमा दृष्टि क्षमता बढ्छ ।

३. पखाला कम गर्न : पखाला लागेमा सोपको सेवन उत्तम मानिन्छ । सोपलाई बेलको गुदीसित विहान बेलुकी चपाएको खण्डमा अर्जीर्ण कम हुनुका साथै पखाला थामिने गर्छ ।

४. खोकीको समस्या कम गर्न :  खोकीमा पनि सोप निकै उपयागी मानिन्छ । सोपको साथमा मह मिलाएर खाएमा खोकीको समस्या क्रमश हटेर जान्छ ।

५. पाचक को काममा : खाना  पछि सोप खानाले खाना राम्ररी पच्छ । सौपलाई जिरा तथा कालो मरीचसित मिलाएर चूर्ण बनाई मनतातो पानीसित खाएमा यसले राम्रो पाचकको रुपमा काम गर्छ ।

६. पेटको दुखाई कम गर्न : पेट सम्बन्धि समस्या होस् वा पेटको दुखाई । भुटेको सोपलाई चपाएर खाएमा यसले पेट सम्बन्धि समस्या नाश गर्नुका साथै पेटको दुखाई कम गर्न मद्दत गर्छ साथै । पेटबाट अमिलो पानी वा अमिलो डकार आएमा पनि सौपको सेवन लाभदायक मानिन्छ । थोरै सोपलाई पानीमा उमालेर त्यसमा मिश्री मिसाएर सेवन गरेमा यो समस्या तुरुन्तै कम भएर जान्छ ।

७. घाँटीको समस्या हटेर जान्छ : घाटी बसेमा होस् वा घाँटी पाछिएमा । सौपलाई चपाएर खानाले बसेको घाँटी खुल्नुका साथै घाँटीको समस्या हटेर जान्छ ।

८. छालालाइ चमक बनाउछ :   दैनिक रुपमा सोपलाूई चपाएर खानाले छालामा समेत चमक आउँछ ।

९. हातखुट्टा पोल्न समस्या कमि आउछ :  हात तथा खुट्टा झमभाएमा वा हात खुट्टा पोल्ने समस्या भएमा पनि सोप र धनियालाई बराबर मात्रामा मिलाएर त्यसको मिश्रण बनाएर मिश्री पानीसित खानाले पनि हातखुट्टा पोल्न समस्या वस्तारै कम भएर जान्छ ।

तपाईको प्रतिक्रिया