काठमाडाै‌ । पछिल्लो केही दिनयता गायक आर्जन पाण्डेको गीत ‘घाँटी भन्दा तल’ विवादमा परेको छ। गीतमा ‘घाँटी भन्दा तल त राम्री नै छे’ भन्ने लाइन छ जसलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेका छन् ।

गीतले महिलाको शरीर र सुन्दरतामाथि भद्दा मजाक उडाएको आरोप लागेको छ । समग्रमा भन्नू पर्दा गीत समाजले महिला प्रति राखेको मानसिकताको उपज हो । जसरी एउटी महिला प्रति हेर्ने नजर उसको शरीर र सुन्दरतामा अडिन्छ, न उसको मानसिकता हेरिन्छ न मन यस्तै यस्तै शब्द गीतले बोलिदिएको छ ।

यसै गीतलाई नेपाली फिल्म इन्डस्ट्रिमा बौद्धिक मानिएकी नायिका केकी अधिकारीले बधाई दिँदै लिंक सेयर गरेपछि उनीमाथि अनेकौं टिका टिप्पणी हुन थालेका छन् । केकीले केहि समय अघि मात्र नायिका शिल्पा पोखरेल र निर्देशक छबी राज ओझाबीच भएको विवादमा शिल्पाकाे समर्थन गर्दै नारीमाथि हुने हिंसाको खुलेर प्रतिवाद गर्न आग्रह गरेकी थिइन् जुन कुराले उनको निकै तारिफ गरिएको थियो ।

तर हालै गायक आर्जन पाण्डेले महिलालाई मजाक बनाएर गाएको याे गीत केकीलेनै सेयर गरेपछि धेरै मानिस उनीमाथि खनिएका मात्र छैनन् उनको बौद्धिकता अपरिपक्व भएको भन्दै खेदो खनिरहेका छन् । गायक आर्जन पाण्डे र नायिका केकी अधिकारी एक अर्का बीच मित्रताको सम्बन्ध रहेको बताउँदै आएतापनि उनीहरुबीच मित्रताभन्दा माथीकै सम्बन्ध रहेको चर्चा पनि यदाकदा चल्ने गरेको छ । त्यस्तै महिलाको हक हितबारे बाेल्ने गरेकी मोडल रिमा विश्वकर्माले गीतमा मोडलिङ गरेकी छिन् उनकाे समेत निकै आलोचना भइरहेको छ ।

यस्तैमा गीतप्रति ब्यंग्य गर्दै कलाकार दिपकराज गिरीले आफ्नो फेसबुकमा लेखेका छन् – ‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटी भन्दा मुनी मात्रै आयो । भोली नाइटो भन्दा मुनी मात्रै आउला । त्यसपछि कम्मर । हैट ।’

त्यस्तै गायिका गायिका आस्था राउतले आक्रोशित हुँदै प्रश्न गरेकी छिन्, ‘फेरि छोरी मान्छेलाई नै नराम्रो बनाएर यो के तालको गीत निकालेको होला, राम राम राम। के यो हिट हुने निन्जा टेक्निक हो ?’ ‘यो लेख्ने र गाउनेको तलदेखि माथिसम्म केही पनि गतिलो रहेनछ। सबैभन्दा खत्तम त सोच नै हो। सोच गतिलो भएको भए, छोरी मान्छेलाई हेर्ने एंगल गतिलो भएको भए, यस्तो घटिया गीत हेर्न र सुन्न पर्थेन होला। यो एकदमै भद्दा भयो। केटीलाई सेक्सको साधन बनाउनेले नै यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर साह्रै चिन्ता लाग्यो।’

कलाकार निर्मल शर्माले यो गीत आफ्नो छोराले नगाइदिओस् भनेर भगवान्‌सँग कामना गरेका छन्। उनले लेखेका छन्, म महिलाहरुलाई ३३ प्रतिशत होइन, ५० प्रतिशत नै बराबर हुनुपर्छ भन्ने पक्षमा छु। महिला हिंसाको विरोधमा आवाज उठाउनेहरुको कानसम्म पुगोस् /

तपाईको प्रतिक्रिया