पाँचथर–पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइ रहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ सलकपुरका २६ वर्षीय उद्धव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको
छ । ढकाल काबेली ए जल विद्युत् आयोजनामा कार्यरत थिए । उनलाई बुधवार हिलिहाङ १ हाङदे भन्ने स्थानमा बिहान साढे नौ बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो ।
ढुङ्गाले लाग्दा सख्त घाइते भएका ढकाललाई उपचारका लागि पाँचथर अस्पताल ल्याइ पु¥याउ‘दा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।
डिएसपी भण्डारीका अनुसार मोटर साइकलको पछाडि सवार काठमाण्डौको मनोहरा ९ घर भएका तुलसीबहादुर खड्का पनि घाइते भएका थिए । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ढकालको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा दिने प्रक्रिया सुरु गरेको पनि पाँचथर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया