विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् ।

उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ ।

यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने भएका छन् ।

थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री समेत रहेका सांसद राईले बताए ।

गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन । आज भने एउटा मन्त्रालय छाडेर सरकारमा सहभागी हुन लागेको हो ।

तपाईको प्रतिक्रिया