काठमाडौं । पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको रास्वपा नेताहरुले निष्कर्ष निकालेका छन् । सोमबार सभापति लामिछानेसँग छलफल गरेपछि रास्वपा नेताहरुले प्रतिशोध साँधेको निष्कर्ष निकालेका हुन् ।प्रहरी हिरासतमा सभापति लामिछानेसँग दलको विशेष बैठक नै बसेको थियो ।बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले सरकारले सभापति लामिछानेमाथि प्रतिशोध साँधेको बताए । सरकारले प्रतिशोध साँधेका कारण सरकारविरुद्धको आन्दोलन जारी राख्ने उनले बताए ।

लामिछानेलाई रुपन्देही अदालत पनि लैजाने प्रहरीको तयारी छ ।सरकारले हिरासतमा राखिराख्ने योजना बनाएका कारण दोस्रो चरणको आन्दोलनको तयारी भएको अर्का उपसभापति डीपी अर्यालले बताए ।पटक पटक म्याद थपेर हिरासतमा राख्दै सरकारले दम्ब देखाएको रास्वपा नेताहरुको गुनासो छ ।कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।

तपाईको प्रतिक्रिया