प्रकाशित मिति: बिहिबार, पौष ०४, २०८१
समय: ११:३५:५४
बेलबारी । मोरङको सुन्दरहरैंचामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा फेला परेको छ ।
सोमबार राति १२.३० बजेतिर सुन्दरहरैंचा ४ पंकज पेट्रोल पम्प नजिक तत्काल नामथर नखुलेको ब्यत्ति अचेत अवस्थामा फेला परेका थिए । घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल बूढीगंगा लगिएको थियो ।
अनुसन्धानका क्रममा उनी सुनसरीको इटहरी उपमहानगरपालिका ११ खनारका हिरण्यप्रसाद दाहालका छोरा १६ वर्षीय ज्ञानेन्द्र दाहाल रहेको खुलेको थियो । उनलाई गछियाबाट बलियातर्फ जाँदै गरेको को १७ प ६५५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको खुलेपछि इलाका प्रहरी कार्यालय, बेलबारीबाट खटिएको टोलीले मोटरसाइकल खोजी थालेको थियो ।
बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १२.३० बजेतिर उक्त मोटरसाइकल सुन्दरहरैंचा ५ दुलारीमा लुकाएर राखेको अवस्थामा फेला पारेको हो । साथै, प्रहरीले चालक भारत घर भई हाल सुन्दरहरैंचा ४ दुलारीस्थित लक्ष्मी चौधरीको घरमा डेरा गरी बस्ने ३७ वर्षीय रामप्रसाद पण्डितलाई पक्राउ गरेको छ ।
उनलाई लेटाङ नगरपालिका २ स्थित उत्तरी मोरङ क्रसरबाट नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय, बेलबारीमा ल्याई राखिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन ।
All reactions:
9Betana Dainik and 8 others