काठमाडौं– नेपाल आइडल सिजन–२ मा ‘इको नि लाग्यो, अकाउण्ट नि लाग्यो… बोलको र्‍याप गीत गाएर एकाएक चर्चामा आएकी सुदूरपश्चिमकी चेली करिश्मा बिष्टले एउटा नयाँ गीतमा अर्को धमकेदार र्‍याप दिएकी छिन् ।

नेपाल आइडलमा सहभागी भएपछि उनी चर्चित मात्र भइनन् । गायिका सँगै मोडल पनि बनिन् । उनको आवाजमा धेरै गीत बजारमा आइसकेका छन् । दर्शक तथा स्रोताको मन जित्न समेत सफल भएकी छिन् ।

हाल उनले सुदुरपश्चिममा कहलिएका गायक चेतन बोहोराको नयाँ गीतमा र्‍याप दिएकी हुन् । गायक चेतन बोहोरा र माया बुढाको सुमधुर स्वरमा रहेको “भैंकर सोझी”गीतमा करिश्माको र्‍याप देख्न पाइने छ ।

केही दिन अघि गीतको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ । बिक्रम चौहानले निर्देशनमा बनेको भिडियोमा गायक चेतन बोहोरा, करिश्मा र टेक साउदले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया