अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालले जिल्ला ट्राफिक कार्यालय, काभ्रेका पाँच जना प्रहरीलाई घुस सहित पक्राउ गरेको छ।
उनिहरुले मेलम्चीदेखि काठमाडौंतर्फ गिट्टी, बालुवा लिई आउने टिप्परसँग राजमार्गको चेक पोष्टमा दुईहजार लिने गरेको भन्ने सुचना पाएपछि अख्तियारले उनीहर माथि निगरानी बढाएको थियो।
काठमाडौँको टङ्गाल स्थित अख्तियार का्र्यालयबाट खटिएको टोलीले विभिन्न चेक पोष्टबाट ५ प्रहरीलाई पक्रेको हो।
हिगुवापाटी ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई , प्रहरी चौकी पाँचखालको मोटरसाईकल गस्ती गर्ने प्रहरी हवल्दार भक्त बहादुर हायु र प्रहरी जवान ज्ञान बहादुर लामगादे,बनेपा ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान हरिचन्द्र बाँनिया र प्रहरी हवल्दार रामहरी मानन्धर पक्राउ परेका हुन्।
सबैको साथबाट घुसबापत लिएको दुई/दुई हजार रकमसहित अख्तियारले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया