काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । सुनिताको स्वर रहेको ‘चुरा टीका लाली’ बोलको गीत शनिबार सार्वजनिक गरिएको हो । डा.कृष्णहरी बरालको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन् ।

गीतको भिडियोमा सुनिता दुलाल र रुबी लामा फिचर्ड छन् । शिव बिकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् ।

सुनिता अहिले प्रशारण भइरहेको ‘नेपाल लोक स्टार’को निर्णायक पनि हुन् ।

तपाईको प्रतिक्रिया