प्रायः धेरै मानिसको तातो चिया पिउने बानी हुन्छ । चियामा तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको प्रयोग गरेर पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ । तर, यदी खाली पेटमा चिया पिउने बानी छ भने आजै सजक रहनुहोस् । खाली पेटमा चिया पिउँदा धेरै बेफाइदा हुने गर्दछ । जस्तैः

१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।

२. पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो । यो एक दुई दिन पिउनुले हुने होइन । प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ ।

३. खाली पेटमा चिया पिउनाले तपाईको भोकलाई प्रभावित गर्नसक्छ । यसका कारण तपाईलाई भोक लाग्न बन्द हुनसक्छ । यसो हुनाले तपाईको पोषणमा असर पुग्छ ।

४. यदी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्शानदायक हुन्छ । किनभने यसमा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव राख्छ ।

५. खाली पेटमा चिया खाने भएका कारण पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या उत्पन्न हुनेहुन् । त्यसकारण केही खाइसकेपछि चिया खानु उत्तम हुन्छ ।

तपाईको प्रतिक्रिया