धादिङको धुनिवेशी नगरपालिका–९ जुगेडीका ४१ वर्षीय सन्तोष राई वैदेशिक रोजगारीका लागि कम्बोडिया पुगेका थिए। तर नियतिले यस्तो मोड ल्यायो कि, घर फर्किने तयारीमै रहेका उनी कहिल्यै नफर्किने गरी परदेशमै अस्ताए।
करिब १७ वर्ष नेपाली सेनामा सेवा गरेका सन्तोषले केही वर्षअघि जागिर छोडेर वैदेशिक रोजगारीको बाटो रोजेका थिए। भिजिट भिसामा कम्बोडिया पुगेका उनी त्यहाँ सेक्युरिटी गार्डको काम गर्दै आएका थिए। यसबीच घरमा बुवाको निधन भएपछि काजकि’रिया गर्न नेपाल फर्किने तयारी भइरहेको थियो।
तर नेपाल फर्किनु केही दिनअघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएका सन्तोषको हृद’यघातका कारण निधन भयो। मृत्यु हुनुअघि उनले श्रीमती जुनु राईसँग भिडियो कलमा कुराकानी गरेका थिए। त्यो नै उनीहरूको अन्तिम संवाद बन्यो।
श्रीमान्को शव नेपाल ल्याउन ठूलो रकम आवश्यक पर्ने भएपछि अहिले उनकी श्रीमतीले सबैसँग सहयोगको अपिल गरेकी छन्। “श्रीमान्को सास भेट्न नपाए पनि अन्तिम पटक अनुहार हेर्न मन छ…” भन्ने उनकी भावुक भनाइले धेरैको मन छोएको छ। १३ वर्षका छोरा र ८ वर्षकी छोरी टुहुरा बनेका छन् भने परिवार यतिबेला गहिरो शोकमा डुबेको छ। 🕊️

तपाईको प्रतिक्रिया