मोरङ । बुढीगंगा गाउँपालिका, मोरङले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, सेवा प्रवाह तथा विकास निर्माणका गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आगामी असार १२ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
गाउँपालिकाका अनुसार सार्वजनिक सुनुवाइ वडा नं. ६ स्थित वडा कार्यालयकाे सभा हलमा सञ्चालन हुने भएकाे छ। कार्यक्रममा चालु आर्थिक वर्षभरि सम्पन्न भएका विकास आयोजना, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा अन्य महत्वपूर्ण गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरिनेछ। साथै, स्थानीय नागरिकबाट प्राप्त गुनासा, सुझाव तथा जिज्ञासाको सम्बन्धित पदाधिकारीहरूले प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
गाउँपालिकाले कार्यक्रममा सबै वडावासी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, पत्रकार, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया