सुनसरी । हरिनगर गाउँपालिकाले बाढीका कारण मृत्यु हुनेको परिवारलाई राहत दिएको छ । उसले बाढीमा परेर मृत्यु भएका रामनगरको भुटाहा ७ का ११ बर्षिय तोसिब अन्सारीको परिवारलाई राहत दिएको हो ।

बालक अन्सारी वडा नं २ मा रहेको नहरमा दिउँसो २ बजे नुहाउन गएका थिए । नहरमा पानीको सतह बढि भएको कारण बालकको डुबेर मृत्यु भएको थियो ।

निम्न वर्गीय परिवारलाई राहत दिइएकोहरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ले बताए ।

हरिनगर गाउँपलिकाले विपद व्यवस्थापन समितिबाट रु २५ हजारको चेक मृतक बुवा अकबाल अन्सारी र आमालाई चेक हस्तान्तरण गरेको हरिनगर गाउँपालिकाका कार्यपालिका सदस्य सुशील कुमार ठाकुरले जनाए ।

गाउँपालिका अध्यक्ष अन्सारीले केन्द्र सरकार र प्रदेश सरकारबाट थप राहत प्राप्त भए थप रकम दिलाउने समेत बताए ।

तपाईको प्रतिक्रिया