मोरङ । चौबिसै घण्टा खुल्ला हुने अस्पतालको आकस्मिक कक्षको बेडमै कुकुरहरु पुग्छन र त्यहिँ सुत्छन भन्दा धेरैलाई आश्चर्य लाग्न  सक्छ । तर् मोरङको मंगलबारे अस्पतालको आकस्मिक कक्षको हालत यस्तै छ । जहाँ मानिसको उपचार गरिने आकस्मिक कक्षामा कुकुर आरामले विश्राम गरिरहेका हुन्छन् ।

उनीहरूको विरामी राख्ने बेडमुनि भुइँमा बिश्रामस्थल हुन्छ । उर्लाबारी–३ स्थित मंगलवारे अस्पतालको आकस्मिक कक्षको बेड सम्मै निर्वाधरुपमा कुकुर पुग्ने मात्र होईन,त्यहाँ पुगेका कुकुर ढुक्कले सुत्छन् ।  विरामी सुताउने बेडमुनि कुकुरले ‘अड्डा’नै जमाएका छन । स्थानीय सेवाग्राहीका अनुसार अस्पतालको फोहर व्यावस्थापन पनि नियमित हुँदैन । विरामीलाई झन् विरामी पार्ने फोहर व्यावस्थापन नभएका बेला कुकुर नै विरामी कुर्न आएको भन्दै स्थानीयले हाँसोका विषय बनाइरहेका छन् ।

केही समयअघि योग्य व्यक्ति भन्दै मेयर खडग फागोले अस्पताल वयवस्थापन समितिको अध्यक्षमा वडा नम्बर ५ का वडाध्यक्ष भानु पराजुलीलाई चयन गरेका थिए ।  तर, उनको कार्यक्षमताले अस्पतालमा कुनै परिर्वतन देखाएको छैन । जिल्लाको नमूना अस्पताल बनाउने प्रतिवद्धता गरेका पराजुली अस्पताल व्यावस्थापन अध्यक्ष बने पनि सुधारको कुनै पहल गर्न नसकेको स्थानीयको भनाइ छ । सो सरकारी अस्पताल यतिबेला नमुना त बन्यो तर नमुना बन्नुको कारण भने सकरात्मक नभएर नकरात्मक रहेको छ । कुकुरको रजाँई हुने अस्पतालको रुपमा सो अस्पताल यतिबेला नमुना बनेको छ

तपाईको प्रतिक्रिया