इटहरी । सौन्दर्यकला प्रति पछिल्लो समय युवाहरुको आकर्षण बढदै गए पछि सुनसरीको इटहरीमा रहेको स्वप्विल ब्युटिपार्लर र आर्दिन द ब्युटि प्वन्ट काठमाण्डौको संयुक्त आयोजनामा एक दिने हेयर कटिंग तथा मेकअप वर्कसप कार्यक्रम सम्पन्न भएको छ ।
नेपालकै सिनियर हेयर स्टालिस राजेश घिमिरेले पुर्वका बिभिन्न व्यवसायीक ब्युटिसियनहरुलाई एक दिने हेयर कटिंग तथा मेकअप सम्बन्धि कार्यशाला गरेको हो । ब्युटि सम्बन्धि पुरानै शैलीमा काम सञ्चालन भएको हुदा आगामी दिनहरुमा नया नया शैलीमा प्रस्तुत हुनु पर्ने भन्दै ग्राहकलाई आवश्यक्ता अनुसार सेवा प्रदान गर्नु पर्ने स्वपनिल ब्युटि पार्लरकी सञ्चालीका बिजुबैनि श्रेष्ठले बताईन् ।
सौन्दर्य सम्बन्धि व्यापार स्वाथ्य संग पनि सम्बन्धि भएको कारण सबै व्यावसायीक ब्युटिसियनहरुले ध्यानदिनु पर्ने सहभागीहरुले बताए ।

तपाईको प्रतिक्रिया