जाडो महिना शुरु भईसकेको छ । काठमाडौँ लगायत देशभर जाडो बढ्दैछ । विषेश गरि जाडोमा हामीले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुर्याउनै पर्दछ । जाडो महिनामा कयौँ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ । यस्तै कयौँलाई त ज्वरोले सिकिस्त पनि बनाउने गर्दछ । यहिकारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना हुनुपर्ने स्थिती आउने गर्दछ ।

चिसोका कारण बालबालिका, महिला, वृद्धवृद्धा लगायत सबै उमेर समूहका मानिसलाई विभिन्न स्वास्थ्य समस्या देखिने गर्छन् ।

निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिसजस्ता समस्या चिसो कै उपज हुन् । चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या भनेको रूघाखोकी हो । चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाई महसुस हुने लगायतका विभिन्न समस्या देखिन्छन् ।

चिसोबाट बच्न सके रूघाखोकी लगायतका रोगहरु बाट बच्न सकिन्छ । चिसोबाट बच्नका लागि बजारमा पाइने औषधी भन्दा घरमा पाइने सामग्रीलाई औषधीको रुपमा प्रयोग गर्न सकिने कुरा वैद्य बताउँछन् । हरेक दिन बिहान खाली पेटमा ३ ग्राम देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिसाएर नियमित ३/४ दिनसम्म लगातार सेवन गर्नाले रुघाखोकी सन्चो हुन्छ। ४/५ वटा तुलसीको पातलाई तातो पानीमा राखेर हरेक दिन बिहान खाली पेटमा सेवन गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ ।

यसका अलवा तुलसीको ४/५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा खोकी तथा घाँटीको खसखस निको हुन्छ। अदुवालाई हल्का पोलेर महसँग मिसाएर नियमित सेवन गरेमा पनि रुघाखोकीबाट बच्न सकिन्छ । ज्वानो, वेसार र अदुवालाई मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि चिसोबाट हुने समस्या बाट मुक्ति मिल्छ । हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोबाट निम्तिने श्वाशप्रश्वास सम्बन्धी समस्याबाट राहत मिल्दछ । यस्तै, रुघाखोकी लागेको बेलामा हाम्रो गाउँघरमा पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरेमा पनि रुघाखोकी, ज्वरोबाट बच्न सकिन्छ ।

तपाईँलाई हाच्छिउले कत्तिको सताउँछ ?

हाच्छिउ गर्नु एक प्राकृतिक प्रकृया हो । जसले शरीरलाई चिसो धुलो धुवा तथा एलर्जीबाट बचाउने काम गर्छ । नाकभित्र हुने सिलिया( रौँ)हरुमा बाहिरी तत्वहरुको प्रवेश भयो भने शरीरको सिस्टमले भित्र छिर्न नदिनका लागि हावा, पानी, सिघान र भित्र छिरेका तत्व सहित बेगले बाहिर निकन्छ । यसलाई रोक्नु स्वास्थ्यको दृष्टिकोणले खराब मानिन्छ ।

तपाईको प्रतिक्रिया